सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

Posted on: 24 May, 2021

जेठ १०, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै बढेर ९३ हजार २ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ३सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!