सुनको भाउ घट्यो

Posted on: 25 May, 2021

जेठ ११, काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!