तोलामा ७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

Posted on: 27 May, 2021

जेठ १३, काठमाडौँ । आज बिहिबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ७ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने यथावत रहेर १३ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!