सुनको भाउ घट्यो, चाँदी भने स्थिर

Posted on: 28 May, 2021

जेठ १४, काठमाडौँ । आज सुनको मुल्यमा गिरावट आएको छ । बिहिबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले नै घटेर ९३ हजार ३ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने यथावत रहेर १३ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!