देशभर दुई लाख ५७ हजार कम्पनी दर्ता, कुन प्रदेशमा कति ?

Posted on: 28 May, 2021

जेठ १४,  काठमाडौं । नेपालका सातवटै प्रदेशमा गरी कुल दुई लाख ५६ हजार चार सय ९३ वटा कम्पनीहरु दर्ता भएका छन् । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आव २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (गत फागुन) सम्ममा उक्त संख्यामा कम्पनीहरु दर्ता भएका हुन् । 

कुलमध्ये वागमती प्रदेशमा सबैभन्दा धेरै ७१.४ प्रतिशत (१८३११९ वटा) कम्पनीहरु दर्ता भएका छन् भने कर्णाली यस मामलामा सबैभन्दा पछि रहेको छ । कर्णाली प्रदेशमा चालु वर्षको आठ महिनाको अन्त्यसम्ममा ३१०९ वटा (१.२ प्रतिशत) मात्र कम्पनी  दर्ता भएको तथ्यांक छ। 


वागमतीपछि सबैभन्दा धेरै संख्यामा कम्पनी दर्ता हुनेमा क्रमशः प्रदेश १, लुम्बिनी, प्रदेश २ र गण्डकी छन् । सुदूरपश्चिममा पनि दुई प्रतिशतभन्दा कम कम्पनी दर्ता छन् । (हे. तालिका)

यस्तै, गत फागुन अन्तिमसम्ममा नेपालभरमा कुल चार लाख ७५ हजार ६ सय ७७ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको तथ्यांक आर्थिक सर्वेक्षणमा उल्लेख छ। यी साना उद्योगधन्दाहरुले कुल २९ लाख ७ सय ३९ रोजगारी सिर्जना गरेको जनाइएको छ। यसअनुसार एउटा घरेलु तथा साना उद्योगबाट औसतमा ६ जनालाई रोजगारी दिएको देखिन्छ।

घरेलु तथा साना उद्योग पनि वागमती प्रदेशमा नै सबैभन्दा धेरै दर्ता भएका छन् । गत फागुनसम्ममा दर्ता कुल यस्ता उद्योगमध्ये वागमतीमा ३३ प्रतिशत छन् । सोपछि क्रमशः लुम्बिनीमा १७ प्रतिशत, प्रदेश २ मा १४ प्रतिशत र प्रदेश १ मा १३ प्रतिशत घरेलु तथा साना उद्योग दर्ता भएको तथ्यांक छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत मात्र साना उद्योग दर्ता भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!