सुन चाँदीको भाउ बढ्यो

Posted on: 01 Jun, 2021

जेठ १८, काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९४ हजार प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!