यी हुन् जेठ १५ देखि नै लागू भएका करछुट र सहुलियत सम्बन्धि नयाँ ब्यबस्था

Posted on: 01 Jun, 2021

जेठ १८, काठमाडौं । आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ। विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो ।

आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र  ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ। 

कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको छ। यस सम्बन्धी थप जानकारीको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा सम्पर्क गरी सहुलियतको अधिकतम उपभोग गर्न आग्रह गरेको छ।

सरकारले विविध शीर्षकमा कर छुटको सुविधा दिएको छ। विभागले तोकेको कर चित्त नबुझाई मुद्दामा गएका व्याक्ति तथा संस्थाले मुद्दा फिर्ता लिएमा ५० प्रतिशत कर छुट हुने व्यवस्था गरेको छ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!