तीन देशमा अब हरेक साता चार एयरलाइन्सले उडान गर्ने (तालिका सहित)

Posted on: 01 Jun, 2021

जेठ १८, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले जुन महिनाभरीको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अब बिभिन्न ४ एयरलाइन्सले बार अनुसार उडान भर्नेछन् ।

उडान अनुमति पाउने एयरलाइन्सहरुमा नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनी रहेका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको हो ।

सार्वजनिक तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडान गर्नेछन् । 

तालिका अनुसार टर्कीका लागि ३ जुनदेखि हरेक बिहिबार सातामा एक/एक उडानको अनुमति दिइएको छ । त्यस्तै हरेक सोमबार नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्ली उडान गर्नेछ । दुबै एयरलाइन्सले ७ जुनबाट उडान थाल्न सक्नेछन् । 

त्यस्तै नेपाल एयरलाइन्स र भारतीय वायुसेवा एयर इण्डियाको जहाजले नियमित नयाँ दिल्लीको उडान गर्नेछ । 

तल हेर्नुहोस् प्राधिकरणको सूचना 


यस बिषयमा तपाइको प्रतिक्रिया...!