सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 03 Jun, 2021

जेठ २०, काठमाडौँ । साताको पाँचौँ दिन आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले बढेर ९४ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ३ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ९ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७९ रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!