सुनको भाउ ७ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?

Posted on: 06 Jun, 2021

जेठ २३, काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ७ सयले बढेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!