सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २९०६.८९ बिन्दुमा

Posted on: 06 Jun, 2021

जेठ २३, काठमाडौं । आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार नेप्से परिसूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका हुन् । 

आज नेप्से  परिसूचक ५०.१४ अंकले बढेर परिसूचक २९०६.८९ बिन्दुमा रोकिएको छ । आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैयाँमा किनबेच भएको छ । यो हालसम्मको कारोबार रकममध्ये अहिलेसम्मकै बढी हो ।

१ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!