सुनको मूल्य एकै दिन ६०० रुपैयाँले घट्यो

Posted on: 13 Jun, 2021

जेठ ३०, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!