खोपको व्यवस्था गर्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द

Posted on: 13 Jun, 2021

जेठ ३०, काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ । संघले आईतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोकिएको जनाएको हो ।

संघले दोस्रो लहरको कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि भएको भन्दै संघले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत वेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

‘अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ्य सामग्री र पहिलो प्राथमिकतामा संक्रमण विरुद्धको खोप अति आवश्यक छ । खोपको विषयमा संघले बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको भएतापनि कुनै पनि कदम चालेको नदेखिएकाले स्वास्थ्य सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अति आवश्यक जोखिममा चालक, सहचालकहरु सेवा उपलब्ध गराउन असमर्थ भएका छौँ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । संघले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा काठमाडौं उपत्यका लगायतका जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!