शेयर बजारमा नयाँ रेकर्ड : नेप्से २९८३.११ बिन्दुमा, एकैदिन १९ अर्बको शेयर कारोबार

Posted on: 13 Jun, 2021

जेठ ३०, काठमाडौं । आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन रु. १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएसंगै नयाँ रेकर्ड कायम भएको हो । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो ।

आज २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि ७.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ ।

आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ३९ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, सर्वाधिक ४ प्रतिशतले घटेको बजारमा युनाइटेड इदिमर्दी , साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, र समीट माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा आज अरुभ भ्याली हाइड्रोपावरको सबैभन्दा धेरे ७२ करोड २९ लाखको शेयर कारोबारमा आएको छ । लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख, नेशनल हाइइड्रोपावर ५४ करोड ४० लाखको शेयर खरीद बिक्री भएको छ । यसैगरी नेपाल पुनर्बीमा कम्पनी, ज्योति विकास बैंक, अरुण काबेली पावर, रसुवागढी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गरिमा विकास बैंक, अपि पावर कम्पनीको कारोबार भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!