सुनको भाउ लगातार घट्दै, कतिमा हुँदैछ कारोबार ?

Posted on: 14 Jun, 2021

जेठ ३१, काठमाडौं । साताको दोश्रो दिन आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ७ सयले घटेर ९२ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ५ रूपैयाँले घटेर १३ सय ६५ रुपैयाँमै कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७० रुपैयाँ कायम गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!