आज सुन चांदीको भाउ कति छ ?

Posted on: 16 Jun, 2021

असार २, काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने ५ रूपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!