सुनको मूल्य एकै दिन तोलामा ११ सय रुपैयाँले घट्यो

Posted on: 17 Jun, 2021

असार ३, काठमाडौं । सुनको मूल्य विहीबार तोलामा ११ सय रुपैयाँले घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको बजार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

बुधवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार सुन प्रतिऔंस १८२०. ९३  डलर  र चाँदी प्रतिऔंस २७. ११ डलरमा कारोबार भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!