एनआईसी एशिया बैंकद्वारा ३ अर्बको ऋणपत्र खुला, कति पाइन्छ ब्याज ?

Posted on: 20 Jun, 2021

आषाढ ६,  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ८.५ प्रतिशत ब्याजदरमा ३ अर्ब मूल्य बराबरको ऋणपत्र खुला गरेको छ । बैंकले  असार ६ गतेबाट ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । 

बैंकले १० वर्ष अवधिको एनआईसी एशिया डिबेञ्चर २०८७’ ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको हो । बैंकले निष्काशित ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने योजना बनाएको छ ।

सर्वसाधारणका लागि छुट्याएकोमध्ये ५ प्रतिशतको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि हो भने बाँकी ११ लाख ४० हजार कित्ता इकाई ऋणपत्र सर्वसाधारणको लागि खुला गरिएको हो ।

उक्त ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले असार ६ गतेबाट छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन फारम सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु एवम् तिनका शाखा कार्यालयहरु खरिद गर्न सकिने निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!