६३ अङ्कले घट्यो नेप्से, कारोबार रकम १२ अर्ब रुपैयाँमा सीमित

Posted on: 20 Jun, 2021

असार ६, काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ । यस्तै  उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ ।

२३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको झन्डै ८१ करोड रुपैयाँ कारोबारसहित अग्रस्थानमा आएको छ । कारोबार रकममै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्सुरेन्स र नेसनल हाइड्रोपावर परेका छन् । आज युनियन हाइड्रोको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!