आज कुन देशको मुद्राको विनिमयदर कति ?

Posted on: 21 Jun, 2021

असार ७,  काठमाडौं । सोमबार विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र विक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ८० पैसा र विक्रीदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र विक्रीदर १२८ रुपैयाँ ४२ पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १५ पैसा र विक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५५ पैसा र विक्रीदर ९५ रुपैयाँ ०३ पैसा रहेको छ ।

जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ । साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र विक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!