सुनको भाउ ६०० रुपैयाँले बढ्यो

Posted on: 22 Jun, 2021

असार ८, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!