डलरको भाउ बढ्यो, अरु देशको कति छ आज ?

Posted on: 22 Jun, 2021

असार ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ २७ पैसा र विक्रीदर ११८ रुपैयाँ ८७ पैसा पुगेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०३ पैसा र विक्रीदर १६४ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रीदर १२९ रुपैयाँ ०२ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १८ पैसा र विक्रीदर ९५ रुपैयाँ ६६ पैसा रहेको छ । जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ । 

साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४८ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!