७९ अंकले बढ्यो नेप्से, ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

Posted on: 22 Jun, 2021

असार ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ को बिन्दुमा पुगेको हो । 

आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रिबाट १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । 

आज अपि पावर कम्पनी, बरुण हाइड्रोपावर लगायत ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समूहको समूहगत सुचक बढेर हरियाली भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ५.७७ प्रतिशत बढेको छ भने हाईड्रोपावर समुहको ५.४७ प्रतिशतले बढेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एचआइडिसीएलको ३२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!