सेयर कारोबार : प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

Posted on: 24 Jun, 2021

असार १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बोर्डको धितोपत्रको दोस्रो बजारमा कारोबारलाई व्यवस्थित बनाउन भन्दै प्रि ओपनिङ्ग सेसनको मूल्य सीमा तथा नियमित बजारमा हुने कारोबारको न्यूनतम मूल्य परिवर्तन सीमा 'टिक साइज' लाई परिवर्तन गर्दै घटाएको छ ।

बोर्डले बिहीबार विद्यमान धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संसोधन ( धितोपत्र कारोबार सञ्चालन (दोस्रो संसेधन) विनियमावली २०७८) स्वीकृत गर्दै नयाँ व्यवस्था गरेको जनाएको हो । जसअनुसार बिहान साढे १० देखि पौने ११ बजेसम्म १५ मिनेट सुचारु हुने प्रि ओपन सेसनमा कुनैपनि शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने व्यवस्था गरिएको छ ।

बोर्डले दोस्रो बजारमा कारोबार गर्दा राख्न मिल्ने माथिल्लो र तल्लो मूल्य बीचमा राख्न पाइने मूल्य टिक साइजलाई एक रुपैयाँबाट घटाएर १० पैसामा झारेको छ । हालसम्म कुनैपनि स्क्रिष्ट खरीद वा बिक्रीको अर्डर राख्दा अन्तिम मूल्यका आधारमा २ प्रतिशतको सीमाभित्र घटबढ गरी खरीद वा बिक्री अर्डर राख्न सकिन्छ । यसअघि यस्तो अर्डर राख्दा एक रुपैयाँको अन्तरमा मात्र राख्न पाइने व्यवस्था थियो । बोर्डको नयाँ व्यवस्थासँगै अब १० पैसाको अन्तरमा अर्डर राख्न सकिने भएको छ ।

बोर्डले गरेको संसोधित व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ । नयाँ ब्यबस्थालाई यथाशीघ्र कार्यन्वयनमा ल्याउन बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ । यसलाई अब नेप्सेले कार्यान्वयन हुने मिति तोकेर कार्यान्वयनमा ल्याउनेछ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!