जीवन विकास लघुवित्तको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

Posted on: 25 Jun, 2021

असार ११, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ । त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!