सुनको भाउ बढ्यो, कति छ प्रतितोला मूल्य ?

Posted on: 27 Jun, 2021

असार १३, काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजाबी सुनको भाउ २ सयले  बढेर ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १९ रुपैयाँ पैसा कायम गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!