नेप्से परिसूचक २७.३८ अंकले बढ्यो, कारोबार रकम जम्मा ७ अर्ब मात्रै

Posted on: 27 Jun, 2021

असार १३, काठमाडौं । आइतबार नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ । आज कुल २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । सब इन्डेक्सतर्फ जलविद्युत् र बैंकिङ समूहमा वृद्धि देखिएको छ भने विकास बैंक, होटल तथा पर्यटन र फाइनान्समा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा सबैभन्दा धेरै कमाउने शीर्ष कम्पनीमा सेञ्चुरी बैंक र माथिल्लो तामाकोसी कम्पनी छन् । त्यसैगरी युनाइटेड इदी मर्दीै एण्ड आरबी हाइड्रोपावर, रिडी हाइड्रोपावर, सिभिल बैंकलगायत कम्पनी पनि छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा गोर्खाज फाइनान्स, प्रोग्र्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर र मिथिला लघुवित्त वित्तीय संस्थालगायतका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!