राष्ट्रिय बीमा संस्थानको सेवा ३ दिन बन्द रहने

Posted on: 28 Jun, 2021

असार १४, काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको कार्यालयबाट हुने कारोबार ३ दिन बन्द रहने भएको छ । कम्पनीले संस्थानमा नयाँ सफ्टवेयर लागु गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन कार्य हुने भएकोले कारोबार बन्द रहने जनाएको हो । 

कम्पनीले २०७८ असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द रहने जनाएको हो । कम्पनीले यस बारेमा थप जानकारी आवश्यक परेमा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!