सुनको भाउ तोलामा ५ सय बढ्यो

Posted on: 02 Jul, 2021

असार १८, काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको ५ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ५ सयले बढेर ९० हजार ८ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने यथावत् रहेर १३ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ८ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २३ रुपैयाँ कायम गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!