सुनको भाउमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Posted on: 04 Jul, 2021

असार २०, काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि २ सयले बढेर ९१ हजार रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!