नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छैन : बीमा समिति

Posted on: 04 Jul, 2021

असार २०, काठमाडौं । बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जानकारी दिएकोछ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको स्पष्ट पारेका हुन् ।

विगत केही दिनयता विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएका समाचारप्रति बीमा समितिको ध्यानाकर्षण भएको जनाइएको छ । 

पौडेलले विज्ञप्तिमा भनेका छन्- “नयाँ बीमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बीमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।” समितिले यस प्रकारका समाचार प्रकाशन नगर्न समेत सञ्चार माध्यमलाई आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!