ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बन्ड २०८७’ ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

Posted on: 04 Jul, 2021

असार २०, काठमाडौं । ज्योति विकास बैंकले २०७८ असार २० गतेदेखि एक हजार रूपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने डेढ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ। 

बैंकले निष्काशनको निमित्त एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ। ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। 

१.५ अर्बको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगत र विभिन्न संघ÷संस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो। उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!