आरबीबी म्युचुअल फण्ड-१ आजबाट सर्वसाधारणलाई जारी

Posted on: 07 Jul, 2021

असार २३, काठमाडौं । आरबीबी म्युचुअल फण्ड-१ आजबाट सार्वसाधारणलाई जारी भएको छ। आरबीबी म्युचुअल फण्डअन्तर्गतको इकाइहरु असार २७ गतेसम्म जारी गरिने छ।


अंकित मूल्य १० रुपैयाँ दरका १० करोड इकाइ जारी गरिने छ। यसमध्ये एक करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत आरबीबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ। यो बन्दमुखी स्किम हो। 

सर्वसाधारणले न्यूनतम १०० र अधिकतम एक करोड इकाइका लागि आवेदन दिन सक्छन्। यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!