सुनको मूल्य ९२ हजार २०० पुग्यो

Posted on: 07 Jul, 2021

असार २२, काठमाडौं । सुनको मूल्य बुधबार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । 

गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!