आइतबार सुनचाँदीको मूल्य कति छ ?

Posted on: 11 Jul, 2021

असार २७, काठमाडौँ । आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै कायम हुँदै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार प्रतितोला अधिकतम एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!