सुनको मूल्य बढ्यो

Posted on: 13 Jul, 2021

असार २९, काठमाडौं ।  सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।  यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!