सुनको भाउ घट्यो

Posted on: 19 Aug, 2021

भदौ ३, काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको  छ। 

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!