मेरोशेयरको पासवर्ड बिर्सिनुभयो ? अब आफैले पासवर्ड रिसेट गर्न सकिन्छ, यस्तो छ प्रक्रिया

Posted on: 20 Aug, 2021

भदौ ४, काठमाडौं । अबदेखि लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सिएमा आँफैले पासवर्ड रिसेट गर्न सक्ने भएका छन् ।आज शुक्रबारदेखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने व्यवस्था गरेको हो । 

पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य गर्न केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिएको छ । यस अघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएकोमा अब भने सिडीएसले 'फरगट पासवर्ड'को विकल्प दिएको हो । 

यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका :

 १. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने । 

२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने। 

३.राखेको जानकारी हुबहु मिलेमा "New password has been sent to your email" भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा "The information you have provided doesn't match with the registered information" भन्ने संदेश आउछ । 

४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ । 

५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा "Maximum forgot password attemped' भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!