सेजन अध्यक्षमा बराल निर्वाचित

Posted on: 04 Sep, 2021

भदौ १९, काठमाडौँ (रासस)। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित हुनुभएको छ । उहाँले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गर्नुभएको छ ।


निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यमा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता चेतबहादुर अधिकारी(सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित हुनुभएको छ ।

यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थीलगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिनुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!