डेढ अर्ब खर्चिएर धापासीको ‘पार्क भ्यू होराइजन’ पुनर्निर्माण गरिने, बरुणले गर्‍यो ठेक्का आह्वान

Posted on: 06 Sep, 2021

भदौ २१, काठमाडौँ (रासस)। २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि अलपत्र परेको धापासीको ‘पार्क भ्यू होराइजन’ ६ बर्षपछि पुनर्निर्माण हुने भएको छ ।

भारतीय कम्पनी बरुण डेभलपर्स प्रालिले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी अपार्टमेन्ट पुननिर्माणका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक सूचनामा सिभिल, रेक्ट्रोफिटिङ, मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङको कामका लागि ठेक्का आह्वान गरिएको छ ।


बरुणले क्षतिग्रस्त अपार्टमेन्ट पुनर्निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । इच्छुक ठेकेदारले रेक्ट्रोफिटि, सभिल निर्माण, इलेक्ट्रिकल र प्लम्बिङ हिटिङ एन्ड कुलिङ सम्बन्धि काम छुट्टछुट्टै वा एकमुष्ठ रुपमा गर्न सक्नेछन् । कुनै काम संयुक्त साझेदारीमा पनि काम गर्न सकिने सुविधा दिइएको छ । 

बरुणको सूचना अनुसार पुनर्निर्माणको काममा इच्छुक ठेकेदार कम्पनीले असोज ४ गतेसम्म निर्माण सम्बन्धि प्रस्ताव पेश गर्नुपर्ने छ । आगामी मंसिर १५ देखि नै पार्क भ्यू होराइजन निर्माण सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

अपार्टमेन्ट पुनर्निर्माण गर्दा लाग्ने खर्चको ६० प्रतिशत बरुण डेभलपर्स र ४० प्रतिशत रकम घरधनीले खर्च गर्नुपर्ने ०७५ माघमै सहमति भएको थियो । बरुणले भूकम्पको क्षति मूल्यांकन गर्न जापानको मियामोतो इन्टरनेशनललाई जिम्मा दिएको थियो । मियामोतोले बुझाएको प्रतिवेदन अनुसार अपार्टमेन्टको सगरमाथा, कञ्चनजंगा, मकालु र अन्नपूर्ण टावरको नन–स्ट्रक्चरल भागमा धेरै क्षति पुगेको छ । कंक्रिट पिलर र बिमहरुमा सामान्य क्षति भएको छ । 

पार्क भ्यू होराइजनमा २१२ एकाई अपार्टमेन्ट रहेका छन् । अधिकांश अपार्टमेन्टको वाल भत्काएर नयाँ बनाउनुपर्ने हुन्छ । पिलर र बिमहरुमा रक्ट्रोफिटिङ गर्नुपर्छ । 

स्थानीय भन्छन् - 'सरकार छ र यो देशमा ?' (तश्विर/भिडियो सहित)



यस बिषयमा तपाइको प्रतिक्रिया...!