सुनको मूल्य घट्यो

Posted on: 08 Sep, 2021

भदौ २३, काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ। 

मंगलबार छापावाल सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। 

तेजाबी सुनको मूल्य आज ९० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ आज १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!