हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौं | नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा छ। बेलायती पाउन्ड एकको खरिद दर १४९ रुपैयाँ ३३ पैसा र बिक्री दर १५० रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९३ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!