Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख २४ गते, बिहान ११:२४ बजे
काठमाडौँ - KTM

बिजुली बजारमा खतरनाक कार दुर्घटना: एकको मृत्यु, दुई जना घाइते

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


बैशाख २४, काठमाडौँ  । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ । 

घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ । रासस