Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार १० गते, राति २:३२ बजे
कालिकोट - KLK

सहासका अभियान्ता, बिपन्नका दानी

k By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:


दलसिंह गिरी/असार १०, कालिकोट । देशमा बढ्दो आर्थिक महंगी संगै सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न हम्मेहम्मे भैरहेका बेला सहास नेपालका अभियान्ताहरुले आफ्नो दैनिक सेवासुविधाको केही अंश रकम सहयोग कोषकारुपमा छुट्याई विपन्न बालबालिकाहरुको आर्थिक सहजतामा प्रदान गर्ने गरेका छन् । 

सहास नेपालका करिव १ सय ९५ जना अभियान्ताहरुले आफुहरुले आर्जन गर्ने दैनिक परिश्रमिकको ४ प्रतिशत रकम कोषको रुपमा छुट्याई बार्षिकरुपमा अपांगता, टुहुरा तथा आर्थिकरुपमा विपन्न बालबालिकाहरुलाई विशेषगरी शैक्षिक स्तर बृद्धिका लागि सहयोग प्रदान गर्ने गरेका हुन् ।

विगत केही बर्षयता विपन्न बालबालिकाको शैक्षिक स्तर बृद्धिमा सहजता ल्याउन बालबालिकालाई सहयोग स्वरुप छात्रबृद्धि प्रदान गर्दै आइरहेका अभियान्ताहरुले यस पटक पनि कालिकोटका १२ वटा बालबालिकालाई छात्रबृद्धि स्वरुप शैक्षिक सामाग्री सहित स्कुल ड्रेस र अन्य सामान प्रदान गरेका छन् । सहास द्धारा संचालित खाध्य सुरक्षा र जीविकोपार्जनका लागि सामुदायिक सशक्तिकरण परियोजना लागु भएका जिल्लाका सान्नीत्रिबेणी गाउपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउपालिका १२ जना विपन्न बालबालिकालाई छात्रबृद्धि स्वरुप सामानहरु सहयोग गरेका छन् ।

जिल्लाको शान्नित्रिबेणी गाउपालिका अन्तर्गत रकुका २ मेहलमुडीका २, मुम्राका २, पचालझरना गाउपालिका अन्तर्गत बदालकोटका २, राम्नाकोटका १, रास्कोट नगरपालिका अन्तर्गत सिपखानाका २, स्यूनाका १ गरी करिव १२ जना बालबालिकालाई झोला, कपी, डट्पेन, हात धुने साबुन, नङकट, हाते रुमाल, स्कुल ड्रेस, जुत्ता लगायतका सामान प्रदान गरिएको छ । सहास नेपालका जिल्ला परियोजना अधिकृत नमराज संज्यालको संयोजकत्व, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक जसिप्रसाद चौलागाईको प्रमुख आथित्यतामा सुक्रबार जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा एक कार्यक्रमको आयोजना गरी छात्रवृद्धि स्वरुप उक्त सामान प्रदान गरिएको हो ।

छात्रबृद्धि वितरण कार्यक्रममा खाडाचक्र नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष पुष्पराज गिरी, लगायत जिल्लाका कृयाशिल पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो । छात्रबृद्धि स्वरुप शुखीले सामान बुझ्दै विपन्न बालबालिकाहरुले सहासले शैक्षिक सामाग्री दिई आफुलाई पढाईप्रति थप उत्प्रेरणा जगाएको बताएका छन् । 

यस्तै कार्यक्रमका अन्य सहभागीहरुले सहासका अभियान्ताहरुले बालबालिकाहरुलाई नियमित विद्यालयमा पढ्न थप हौसला जगाउनुका साथै बालबालिकालाई हातमुख सफा गर्ने साबुन, हातेरुमाल, नियमित नङकाट्ने निलकट जस्ता दैनिक उपयोगी सामाग्री समेत प्रदान गरी नियमित सरसफाईमा रहन उत्प्रेरणा जगाएको बताएका छन् ।

विगत २०६६ साल देखि नेपाल भरका करिव १७ वटा जिल्लाहरुका दुर्गम तथा विपन्न बस्ति तथा गरिव दलित, महिला जनजाती, न्यून आय भएका सिमान्तकृत समुदायको हितमा काम गर्दै आइरहेको जनाउने सहास नेपाल कालिकोटका जिल्ला परियोजना अधिकृत संज्यालले यस्ता असायहरुलाई सहयोग कार्यक्रम अन्य जिल्लाहरुमा पनि विगत देखि निरन्तर चलिरएको बताउनु भएको छ ।