2026-09-11 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कालीकोटको मुम्रा बालविवाह निषेधित वडा

काठमाडौँ । यहाँको सान्नीत्रिवेणी गाउँपालिका–८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । ‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।
शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । “बालविवाह जस्तो सामाजिक कुप्रथाले बालबालिकाको जीवन अन्धकारमा पु¥याएको छ,” उहाँले भन्नुभयो, “उमेर नपुगी बिहे गरेका किशोरीहरू कुपोषणको मारमा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा कमजोर छन् ।”
गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित वडा घोषणा गरिएको बाल अभियन्ता तथा अधिवक्ता खडानन्द चौलागाईँले बताउनुभयो । “बालविवाह कानुनी र सामाजिक अपराध हो,” उहाँले भन्नुभयो ।
चार वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा ‘प्लान’सहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि गत चैतमा १० प्रतिशतभन्दा कम भएको हो । सान्नीत्रिवेणी गापाको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन् । बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षामा लगानी गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती सञ्ज्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस