Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ३२ गते, राति १:४८ बजे
काठमाडौँ - KTM

भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३२, काठमाडौं । दुई तीन दिनदेखि पूर्व तथा मध्य नेपालमा भईरहेको वर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणालीलगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत् प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ।

ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजफ्परपुरबाट आयात हुने एक सय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए। विजुली प्रयोगमा ल्याए पनि नल्याए पनि भारतलाई पैसा भने तिर्नुपर्ने हुन्छ। ‘टेक अर पे सर्त रहेकाले त्यहाँआट विद्युत ल्याउनै पर्ने बाध्यता हामीलाई छ, एक दिन ल्याउन सकेनौ भने एक करोड बीस लाख रूपैयाँ घाटा हुन्छ,’ घिसिङले भने,‘बाढीको जानकारी भारतीय पक्षलाई गराइसकेका छौ।’

विद्युत संरचनामा क्षति पुगेकाले पूर्वाञ्चलका सबै जिल्लामा विद्युत आपुर्ति हुन नसकेको प्राधिकरणले जनाएको छ।  -नागरिक दैनिक