Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज १८ गते, राति ३:४३ बजे
काठमाडौँ - KTM

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन: १ करोड ५४ लाख २७ हजार मतदाता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १८, काठमाडौँ । आगामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । 

मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाईरहेको छ । 

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावाली स्वीकृत गरेको हो । -नागरिक दैनिक