Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष १० गते, राति ३:४७ बजे
मनाङ्ग - MNG

अब मनाङमा पनि एफएम रेडियो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, मनाङ | हिमाली जिल्ला मनाङमा समेत एफएम रडियो स्थापना भएसँगै अब नेपालको ७५ जिल्ला भर रेडियो पुगेको छ ।

मनाङको सदरमुकाम चामेनजिकै पिसाङ ९ तलेखुमा १० वाट क्षेमताको रेडियो स्टेसन सुरु भएसँगै मनाङ पनि अब रेडियोको पहुँचमा पुगेको हो । रेडियो मनाङका नाममा खुलेको उक्त रेडियो अब मनाङमा १०६ दशमलव ९ मेगाहर्जमा प्रसारण भईरहेकोछ । 

उक्त रेडियो सञ्चालनका लागि पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङलाई रेडियोको अध्यक्ष बनाइएको छ । रेडियोमा स्थानीयको समेत प्रत्यक्ष संलग्नता छ ।