Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०६ गते, दिउँसो १२:०६ बजे
सिराहा - SRH

सिराहाको सुखीपुरमा एमाले विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ६, सिराहा।  नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ । 

केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी हुनुभएको हो । यादवले छ हजार १११ र उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपप्रमुखमा एमालेकै साहले छ हजार ८६ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीपनारायण यादवले तीन हजार ३५४ मत ल्याउनुभएको छ । यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ ।  रासस