Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १९ गते, बिहान ५:०९ बजे
काठमाडौँ - KTM

सर्लाहीमा गाेली हानी एक युवकको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 

फागुन १९, सर्लाही । शनिबार राति सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

राति ९ बजे तिर घरमै भएका यादवलाई  कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा पाँच गोली लागेको छ । राती अबेरसम्म घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको हो ।

सडकको ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । हत्याको बारेमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।